गृहपृष्ठ बुटवलमा पृथ्वीनारायण शाहको सालिक निर्माण
बुटवलमा पृथ्वीनारायण शाहको सालिक निर्माण
बुटवलको । बुटवलको कालिकानगरमा वडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहकाे शालिक स्थापना गरिएको छ। सिध्दार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहकाे पुर्ण कदकाे शालिक स्थापना गरिएको हाे।
बुटवलकाे कालिका मानवज्ञान माध्यमिक बिध्यालयकाे मुख्य प्रवेशद्वार भन्दा केहि उत्तर तर्फकाे सडक किनारकाे हरियाली क्षेत्रमा उक्त शालिक निर्माण गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नं १० मा रहेकाे पृथ्वीनारायण शाह पथका बासिन्दाले राष्ट्र निर्माणमा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहकाे महत्त्वपूर्ण याेगदान रहेकाे भन्दै उक्त शालिक निर्माण गरेको बताएका छन्।
शालिक निर्माणका लागि बुटवल उपमहानगरपालिका र वडा कार्यालयबाट समेत रकम बिनियाेजन गरेकाे गत बर्ष पुष २७ गते वडाध्यक्ष वलु पुनले सिलान्यास गरेको शालिक निर्माणमा अगुवाइ गरेका केशर बहादुर बिष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालका नेता समेत रहेका रुपसिंह थापाले बताए। थापाका अनुसार शाहकाे उक्त शालिक पुष २७ गते पृथ्वी जयन्तीको दिन अनावरण गरिनेछ। ढलाेटबाट निर्माण गरिएको शाहकाे पुर्ण कदकाे उक्त शालिक ७ फुटकाे रहेको छ।