गृहपृष्ठ बुटवलको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला
बुटवलको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मँगलबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तल्लो (बुटवल) सिद्धबाबा नजिकै करिब ५५ वर्ष उमेरका एक पुरुष सडकको कुनामा मृत अवस्थामा भेटिएका थिए ।
शवलाई पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको र घटना बारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा विगत केही दिनदेखि सिद्धबाबा मन्दिरको आसपासमा मागी खाने र सोही ठाउँमा ती पुरुष बस्नदै आएको प्रहरीले जनाएको छ । मृतकको साथमा २ वटा झोला समेत रहेको प्रहरीले जनाएको छ ।








