गृहपृष्ठ टिकटकले गर्यो नेपालमा दर्ताका लागि पत्राचार
टिकटकले गर्यो नेपालमा दर्ताका लागि पत्राचार
काठमाडौं । नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेलमार्फत पत्राचार गरेको हो । सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए।
उनले भने, ‘हामीले सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रियामा आउन भनेपछि टिकटकले पनि इमेल गरेको छ । तर, सरकारले नै बन्द गरेको टिकटक दर्ता हुने कुरा भएन ।’ हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ ।