गृहपृष्ठ राष्ट्रिय युवा परिषद्को ९औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण
राष्ट्रिय युवा परिषद्को ९औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण
तिलोत्तमा । राष्ट्रिय युवा परिषद्को ९औ स्थापन दिवसको उपलक्ष्यमा परिषद्का बोर्ड सदस्य रवि सेन्चुरीले श्री नमुना महिला आधारभुत विधालय, तिलोत्तमा-१४का विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेका छन।
कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश अर्याल, नव टिकुलीगढ युवा क्लबका सदस्य विनोद गुरुङ्ग लगायतको उपस्थित रहेको थियो । युवाहरुको लामो सघर्ष पश्च्यत २०७२ फागुन १९ गते नेपाल सरकारले राष्ट्रिय युवा परिषद् स्थापना गरेको थियो । स्थापना कालदेखि युवा ऐन, कानुन, नीति नियम, कार्यविधी निर्माण एवम् युवाका मुद्दाहरुलाई सिहदरवार पुर्याउने हेतुको रुपमा काम गर्दै आएको छ ।
युवा परिषद्ले १६ देखि ४० वर्ष उमेर समुहलाई युवाको रुपमा परिभाषित गरेको छ । नेपाल सरकारले युवा जनसंख्यिक लाभ लिन सके मात्र नेपाल समृद्धिको यात्रामा पुग्न सक्ने र भौतिक विकास सगै मानवीय विकासमा जोड दिनुपर्ने र मानवीय विकासको पहिलो आधार शिक्षा भएको परिषद् सदस्य सेन्चुरी बताए । रवि सेन्चुरी तिलोत्तमा नगरपालिकाको कार्यपालिमा सदस्य एवम् समाजिक विकास समितिका सयोजक पनि हुन ।