२०८२ माघ २२ गते बुधवार | February 04, 2026

गृहपृष्ठ नेपाल स्यवंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न

नेपाल स्यवंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न

तिलोत्तमा । नेपाल स्यवंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न गरेको छ । शंकरनगर बनबाटिकामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता अञ्जु पौडेल तथा सञ्चालन महासचिव सागर पाठकले गर्नु भएको थियो। उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले नेपाल स्वयंसेवी जस्ता संस्थाकाका कारण यस क्षेत्रमा रगत अभावको अवस्था नआएको बताउनुभयो । यो अभियानमा सम्पूर्ण नगरबासीले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

आफ्नो स्थापनाको ४ वर्षमै हरेक महिना नियमित कार्यक्रम र बिरामीलाई आवश्यक परेको बेलामा रगत व्यवस्थापनमा समेत अहम् भूमिका खेलेकोमा धन्यवाद समेत ज्ञापन गर्नु भयो । कार्यक्रममा बोल्दै नेपालस्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीज्यूले रुपन्देही जिल्लाले छिमेकमा रहेका जिल्लाहरुको लागि समेत रगत व्यवस्थापन गर्नु पर्ने भएकाले यस क्षेत्रमा धेरै रगत र रक्ततत्व आवश्यक पर्ने भएकाले यसको व्यवस्थापनमा तिलोत्तमा शाखाले महत्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले रगत र रक्ततत्वको व्यवस्थापनमा सक्रिय यस्ता संघसंस्थाहरु यस क्षेत्रकै गहना भएको र यस्ता संघसंस्थालाई सबै क्षेत्रबाट सहयोग गर्नु हामी सबैको कर्तव्य भएको बताउनु भयो । कार्यक्रममा १ वर्षभरी संयुक्तरुपमा रक्तदान सम्पन्न गरेको संस्थाहरुलाई, सहयोगी संस्था तथा निरन्तर रक्तदान गर्ने रक्तदाता र संस्थाका नयाँ आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार तथा विशिष्ट संरक्षक अर्जुन प्रसाद पौडेल, सल्लाहकार टेकबहादुर थापा, तिलोत्तमा नगरपालिका वडा नं. २ का वडाध्यक्ष डिलबहादुर भट्टराई लगायतका वक्ताहरुले आफ्नो मतव्य राख्नु भएको थियो ।

दिवाकर ढकाल संयोजक, मनिराम भट्टराई र जानकी नेपाल निर्वाचन सदस्य रहेको निर्वाचन समितिले सागर पाठकको अध्यक्षतामा आगामी २ वर्षका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष पुर्णचन्द्र सुवेदी, उपाध्यक्ष अन्जु पौडेल, महासचिव सम्झना पाण्डे, कोषाध्यक्ष भेषराज आचार्य, सचिव शंकर गौतम, सह कोषाध्यक्ष धनपती पौडेल चयन हुनु भएको छ भने सदस्यहरुमा रोहिता राई राना, शिव पाण्डे, रविन जोशी, सागर भट्टराई, राधिका भुसाल, चन्द्र पाण्डे चयन हुनुभएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार