गृहपृष्ठ दशै पछि खुल्ने भयो स्थायी शिक्षकको बिज्ञापन: शिक्षा मन्त्रीमा पौडेल
दशै पछि खुल्ने भयो स्थायी शिक्षकको बिज्ञापन: शिक्षा मन्त्रीमा पौडेल
नयाँ सरकार गठन भएको ८८ दिनमा बल्ल मन्त्रीपरिषदले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुक्रबार विस्तार गरिएको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले दोश्रो पटक गरेको संसद विघटनलाई पनि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेसँगै झण्डै दुई तिहाई बहुमत सहित सत्तारोहण गरेका ओलीको वर्हिगमन भएको थियो ।
ओलीद्वारा गरिएको पटक पटकको संसद विघटनलाई असंवैधानिक भन्दै संघर्षमा उत्रिएका विभिन्न दल आवद्ध गठबन्धनको समर्थनमा गत असार २९ गते देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।
सरकार गठन भए पनि मन्त्रीमण्डलले पूर्णता नपाउँदा आलोचना भईरहेको थियो । उक्त आलोचनाका बिचमा सत्ता गठबन्धन दलका नेताहरुले बिहिबार मन्त्रालयको बाँडफाँट टुङ्ग्याएका थिए ।
सोही अनुसार माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालयको राजनीतिक नेतृत्वमा पौडेल आएका हुन् । सांसद भएको पहिलो पटकमै उनी मन्त्री भएका हुन् । २०७४ मंसिरमा सम्पन्न आम निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पौडेल वाम गठबन्धनको समर्थनमा निर्वाचित भएका हुन् ।
सश´स्त्र वि´द्रोहमा १० वर्ष धेरै भूमिगत भएका उनी २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए । भट्टराईले नयाँ शक्ति गठन गरेसँगै उतै गएका पौडेल २०७४ भदौमा माओवादी केन्द्रमै फर्किएका थिए ।
२०२१ साल पुस २८ गते बाग्लुङको अमलाचौर, बड्डाडाँमा जन्मेका पौडेल २०३६ सालमा विद्यार्थी आन्दोलनसँगै राजनीतिमा प्रवेश गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर पौडेलले तत्कालिन चौथो महाधिवेशनबाट राजनीति अघि बढाएका थिए ।
अखिल छैठौंको जिल्ला र केन्द्रको नेतृत्व गरेका उनलाई २०४२ सालमा विद्यार्थीको उपाध्यक्ष हुँदा तत्कालित पञ्चायती शासकले १८ महिना धनगढी जे´लमा ब´न्दी बनाएको थियो ।
एकता केन्द्रसंगको एकता पछि अखिलको महासचिव बनेका उनी माओवादीले २०५१ सालबाट शुरु गरेको शसस्त्र संघर्षसँगै बाग्लुङको से´क्रेटरीका रुपमा ज´नयु´द्धमा संलग्न भएका थिए ।
सोही समयमा १५ बर्ष सम्म उनले माओवादीले निर्माण गरेका विभिन्न राज्यको ईञ्चार्ज, ब्यू´रो ईञ्चार्जको जिम्मेवारी वहन गरेका थिए । जनयु´द्धकै क्रममा २०६० सालमा माओवादीका तत्कालिन नेता डा. बाबुराम भट्टराईसँगै उनी पनि ६ महिना पार्टिको आन्तरिक का´रबा´हिमा परेका थिए ।
पौडेलकी श्रीमती र एक छोरी छन् । उनकी श्रीमती बलावती शर्मा पनि माओवादीकै राजनीतिमा संलग्न छन् । उनी २०६३ सालमा संविधानसभा सदस्य थिईन् । अहिले उनी पार्टिको बाग्लुङ् जिल्ला ईञ्चार्जका रुपमा कार्यरत छन् । उनीहरुकी छोरी भने अमेरिकामा छन् ।
शुक्रबार विस्तार भएको मन्त्रीमण्डलमा पौडेलसँगै माओवादी केन्द्रबाट शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री भएका छन् । यस अघि नै उक्त दलबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री भईसकेका छन् ।
यस्तै काँग्रेसबाट रक्षा मन्त्रीमा मिनेन्द्र रिजाल, अहिले कानून मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्री र कानुन मन्त्रालयको जिम्मेवारी दिलेन्द्रप्रसाद बडुलाई तोकिएको छ ।
यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी र उमाकान्त चौधरी खानेपानी मन्त्री भएका छन् भने उद्योग तथा आपूर्ति मन्त्रीमा गजेन्द्र हमाल नियुक्त भएका छन् ।
हमाल सांसद हैनन् । केही दिन अघि उनी प्रधानन्यायाधिसको कोटामा मन्त्री हुने लिष्टमा रहेको भन्दै समाचार सार्वजनिक भएको थियो ।
काँग्रेसबट यस अघि नै कार्की सहित गृहमा बालकृष्ण खाँण र परराष्ट्रमा नारायण खड्का नियुक्त भईसकेका थिए । काँग्रेसबाटै नियुक्त भएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने राज्यमन्त्रीकै हैसियतमा प्रधानमन्त्री कार्यालयको जिम्मेवारी तोकिएको छ ।
श्रेष्ठले सम्हाल्दै आएको स्वास्थ्य राज्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका भवानी खापुङ नियुक्त भएका छन् । उक्त दलबाट वि´रोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या, रामकुमारी झाँक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, प्रेमबहादुर आलेलाई शहरी विकास र कृष्णकुमार श्रेष्ठ ‘किसान’ लाई श्रम मन्त्री बनाईएको छ ।
यस्तै जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, , रेणू यादव भौतिक पूर्वाधार तथा यातायात, , रामसहाय प्रसाद यादव वन तथा वातावरण र र प्रमोद साह कृषि तथा पशुपंक्षी मन्त्री भएका छन् । अब शिक्षक सेवा आयोगले रकेट रुपमा काम गर्ने बताएका छ्न,दशै लगत्तै शिक्षक सेवा आयोग खुल्ने बताएका छ्न ।





