२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ त्रिभुवन बिश्वविद्यालय को नतिजा (पुरा हेर्नुहोस्)

त्रिभुवन बिश्वविद्यालय को नतिजा (पुरा हेर्नुहोस्)

काठमाण्डौ।

त्रि वि को परिक्षा सार्वजनिक भईरहेको छ। त्रिभुवन विश्वविद्यालय द्वारा लकभग धेरै संकायको नतिजा प्रकाशन भईरहेको जानकारीमा छ।

केही संकायको नतिजामा ढिलाई भएपनि धेरैको सार्वजनिक भईरहेको त्रि वि ले जनाएको छ।

थप नतिजा दशै पछि लगातार सार्वजनिक हुने जानकारी आएको छ।

त्रि वि ले व्यवस्थापन गर्दै फरक माध्यम संगै छिटो र सजिलो तरिकावाट नतिजा ल्याई रहेको छ।

यो पनि पढ्नुहोस्:

शिक्षक सेवा आयोगले बिज्ञापन खुलाउदै:

काठमाडौ । अहिले नेपालभर झण्डै ५९ हजार शिक्षकको पद रिक्त छ । सरकारले शिक्षालाई प्राथमिकतामा राखे पनि शिक्षककै अभावका कारण यो क्षेत्र प्रभावित बनेको छ । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ ।

केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।

तथ्यांक अनुसार निम्न माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा ६ सय २२, नेपालीमा ४ सय ३६ र विज्ञानमा ४ सय ४० दरबन्दी रिक्त रहेको छ । माध्यमिक विद्यालय तहको विज्ञान ४ सय ३३, अंग्रेजीमा ३ सय १३ र नेपाली २ सय ३० शिक्षक दरबन्दी रिक्त रहेको छ ।

त्यस्तै, ऐच्छिक विषयमा १ हजार ५ सय ४२ शिक्षक पद रिक्त छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको तथ्यांकमा उल्लेख छ ।

आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाका लागि केन्द्रसँग आवश्यक पदपूर्ति गर्न रिक्त शिक्षकको संख्या माग गरेको थियो । केन्द्रले आयोगमा पेस गरेको तथ्यांकअनुसार सबैभन्दा बढी प्रावि तहमा १२ हजार ९ सय १२ दरबन्दी रिक्त छन् ।

मावि तहमा १ हजार ५ सय ४२ र निमाविमा २ हजार ५ सय ९३ पदमा खुला विज्ञापन गरी शिक्षकको पदपूर्ति गर्नेछ । दरबन्दी अनुसारको विज्ञापन गर्दा खुलातर्फ निमाविको सामाजिक शिक्षामा ३ सय ५२, विज्ञानमा ३ सय ६४, गणितमा ३ सय ७० दरबन्दी रिक्त छ ।

सदस्य सचिव श्रेष्ठले पदपूर्ति खुला गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । आयोगमा पुगेको विवरणअनुसार माध्यमिक तहमा नेपाली २ सय ३०, सामाजिकमा २ सय १, गणित २ सय २८ शिक्षक दरबन्दी रिक्त रहेको विवतरण आयोगमा पठाएको छ ।

यसैबीच शिक्षक विज्ञापन गर्ने तयारीसँगै केन्द्रले जिल्लान्तर सरुवा रोक्का गरेको छ । केन्द्रले शिक्षकको परीक्षा र आन्तरिक बढुवा गर्नुपर्ने भएकाले हाललाई जिल्लान्तर सरुवा रोक्का गरेको केन्द्रका शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्त प्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार