२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ त्रिविले जारी गर्यो यस्तो अत्यन्तै जरुरी सूचना (सूचना सहित)

त्रिविले जारी गर्यो यस्तो अत्यन्तै जरुरी सूचना (सूचना सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को स्थायी समितिको मिती २०७९ साल बैशाख १५ गते बसेको बैठकको निर्णय जारी गरेको हो ।

त्रिविले जारी गरेको सूचनामा भनेको छ, ‘विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ का कारणले त्रिविका विभिन्न निकायमा विद्यार्थीको नियमित पठनपाठन प्रभावित हुने गरी तोकिएको समयसीमा भित्र शोध पत्र बुझाउन असमर्थ भएकोले २०४८ साल वा सोभन्दा पछिको स्नातकोत्तर तह (वार्षिक/सेमेस्टर)मा भर्ना भई शोधपत्र मात्र बुझाउन बाँकी रहेका विभिन्न चार शंकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा शोध पत्र बुझाई मौखिक परीक्षा (भाइवा) गरी प्राप्ताङ्क २०७९ असार मसान्त सम्ममा परीक्षा नियन्त्रण कार्यालय बल्खु र सम्बन्धित डीनको कार्यालयमा आइपुग्नुपर्ने गरी समय थप गर्ने निर्णय भएकोले सम्बन्धित सबैलाई सुचित गरिन्छ ।’

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार