गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयले जारी गर्यो अत्यन्तै जरुरी सूचना (सूचना सहित)
त्रिभुवन विश्वविद्यालयले जारी गर्यो अत्यन्तै जरुरी सूचना (सूचना सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिविले ३ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्नेबारे जरुरी सूचना प्रकाशित गरेको छ ।
सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ को २०७९ सालमा सञ्चालन हुने स्नातक तह दोश्रो वर्षको परीक्षा दिने मानविकी र शिक्षाशास्त्र संकाय तर्फका आंशिक/प्राइभेट आंशिक परीक्षार्थीहरुले आ–आफ्नो क्यम्पस/कलेजमा मिति २०७९ साल जेष्ठ १६ गतेदेखि २०७९ साल असार १४ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित २०७९ असार २० गतेसम्ममा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’