२०८३ साउन ३० गते शनिवार | August 15, 2026

गृहपृष्ठ कृषि विकास बैंकले माग्यो १५२ जना स्थायी कर्मचारी कुन पदमा कति माग्यो हेर्नुहोस्

कृषि विकास बैंकले माग्यो १५२ जना स्थायी कर्मचारी कुन पदमा कति माग्यो हेर्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ। बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो।

प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ। त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ।
कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट माग रहेको छ। आवेदकहरुले २०७९ साउन १२ भित्र आवेदन दिनुपर्नेछ।

बैंकको सूचना हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार