गृहपृष्ठ विभिन्न पदका लागि सिडिएससीले माग्यो ६ जना कर्मचारी
विभिन्न पदका लागि सिडिएससीले माग्यो ६ जना कर्मचारी
काठमाडाैं । सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि)ले उपप्रबन्धकदेखि वरिष्ठ कम्प्युटर अपरेटरसम्मका कर्मचारी मागेको छ। कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि ६ जना कर्मचारी माग गरेको हाे ।
सिडिएससीले नवौं तहको उपप्रबन्धकका लागि एक जना, सातौं तहको वरिष्ठ अधिकृतका लागि एक जना, छैटौं तहको अधिकृत एक जना, एकजना आइटी अधिकृत, एकजना वरिष्ठ सहायक र एकजना वरिष्ठ कम्युटर अपरेटरका लागि कर्मचारी माग गरेको हाे। इच्छुक र न्युनतम योग्यता भएका व्यक्तिहरूले पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्।