२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ ओली पक्षीय नेकपाले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय

ओली पक्षीय नेकपाले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय

ओली पक्षीय नेकपाले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालुवाटारमा आज बसेको ओली पक्षको स्थायी कमिटी बैठकले अदालतले तोकेको समयसीमा भित्रै संसदको बैठक बोलाउने निर्णय गरेको छ ।बैठकपछि संचारकर्मीसँग कुरा गर्दै ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको बताए । ज्ञवालीले भने संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए ।

उनले दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङ भएको भन्दै उनीहरुले बोलाएको बैठक नै आधिकारिक हुने उनले बताए । बैठकले सर्वोच्चको फैसला अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएका कारण सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हो । ज्ञवालीले पार्टी एकताका लागि आफुहरु लचिलो भएको बताए ।

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता ज्ञवालीले प्रधानमन्त्रीले देशलाई जे गर्दा सबैभन्दा उपयुक्त हुन्छ, त्यही गर्ने बताए । उनले भने, ‘हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ,आवश्यक परामर्शपछि ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार