२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ सरकार र थरुहट संघर्ष समिति बीचको पहिलो चरण वार्ता निष्कर्ष बिहिन

सरकार र थरुहट संघर्ष समिति बीचको पहिलो चरण वार्ता निष्कर्ष बिहिन

सरकार र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति वीचको औपचारिक वार्ता सकिएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको वार्ता विना निष्कर्ष टुङ्गिएको हो ।

वार्ता सकारात्मक, दिशामा अघि बढेको तर पुन बिहिबार बस्ने गरी टुङ्गिएको आन्दोलनकारीका तर्फको वार्ता टोली संयोजक रुक्मिणी चौधरीले जानकारी दिइन् । आजको वार्तामा दुबै पक्षले आफ्ना धारणा राखेका थिए । सरकारले सोमबार पत्रकार सम्मेलन गरि वार्ता टोली गठन भएकोे जानकारी दिएको थियो ।

सरकारको तर्फबाट वार्ताका लागि गृहमन्त्री रामवहादुर थापा ९बादल० को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी रहेका छन् भने आन्दोलनकारीका तर्फबाट रुक्मणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् ।

टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा थिए।

सरकार थारुहटका माग सम्वोधन गर्न लचिलो बनेपछि वार्ता टोली दुवै पक्षले बनाई वार्ताको वातावरण निर्माण भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार