२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ ओली सरकारले दियो खुसिको खबर ! साउन १ देखि वृद्धभत्ता बढ्दै अब वृद्धभत्ता कति ?

ओली सरकारले दियो खुसिको खबर ! साउन १ देखि वृद्धभत्ता बढ्दै अब वृद्धभत्ता कति ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीको प्रश्न : एकता बाँकी थियो र अदालतले भंग गर्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्न नचाहेको आरोप लगाएका छन् । सर्वोच्चले पार्टी फेरि एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भने पनि प्रचण्डले चासो नदिएको बताए । आफूले फैसला आएकै दिन टेलिफोन गरेर छलफल गरौं भन्दा केन्द्रीय कमिटीको बैठक बसेर खबर गर्छु भनेको तर पछि इच्छा छैन भनेर मजाक गरेको ओलीले बताए ।

सर्वोच्चले पार्टी एकता खारेज गरेको भन्नु ठीक नभएको ओलीले टिप्पणी गरे । ‘एकता बाँकी थियो र भंग गर्ने अदालतले ’ मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा उनले प्रश्न गरे, अध्यक्ष निकालिसकेको छ । दलको नेता निकालिसकेको छ । दलको नेतालाई साधारण सदस्यबाट निकालेको छ । मैले फोन गरेकोलाई मजाक गर्ने इच्छा छैन भनेर, ठीक छ नि त आफ्नो आफ्नो पार्टी चलाउने । आफूले फोन गर्दा चासो नदिने अनि अदालतले फुटाइदियो भन्नु उचित नहुने उनले बताए । ओलीमाथि खनाल–नेपाल पक्षको टिप्पणी  सत्ता, शक्ति र स्रोतको उन्मादले ओली ग्रसित

नेकपा एमालेको खनाल–नेपाल पक्षले पार्टीका चार नेतालाई स्पष्टिकरण सोधिनु अध्यक्ष केपी शर्मा ओलीको दुराशयको हिस्साका रुपमा लिएको छ । सो पक्षका नेताहरुको मंगलबार बसेको बैठकले अध्यक्ष ओली वाह्य शक्तिसँग साँठगाँठका आधारमा देश, जनता र कम्युनिस्ट पार्टीलाई क’मजोर तुल्याउने काममा संलग्न रहेको निष्कर्ष निकालेको हो । बैठकपछि जारी विज्ञप्तिका अनुसार नवौं महाधिवेशनबाट निर्वाचित माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अनेक झु’ठा आरोप लगाउँदै सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित ओलीद्वारा ‘कथित’ स्पष्टिकरण सोधिएको उल्लेख छ ।

अझ अघि बढेर उहाँबाट यही चैत १६ गते वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र उपाध्यक्ष कमरेड भीम रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधान विपरीत स्वेच्छाचारी कार्य भएको छ,विज्ञप्तिमा भनिएको छ, यस्तो कार्य पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका ब’न्द गरी नेकपा एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो ।

झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेको नामबाट जारी संयुक्त विज्ञप्तिमा ओली पद र शक्तिमा पुगेपछि निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुप्याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पु¥याउने विभिन्न काम भएको आ’रो’प लगाइएको छ ।

नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले वि’घ’टन गर्ने निर्णय ब’द’र भएपछि उत्तेजित बनेका ओलीले राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै एमाले विभाजित गरी कम्युनिस्ट आ’न्दो’ल’नलाई ध्व’स्त गर्ने ष”ड्य’न्त्रपूर्ण काम भइरहेको आ’रो’प पनि विज्ञप्तिमा लगाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार