२०८३ साउन ११ गते सोमवार | July 27, 2026

गृहपृष्ठ प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

यो पनि

प्रधानमन्त्री ओलीलाई सिसाको क्याबिन

कोरोना संक्रमण बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुरक्षामा विशेष सतर्कता अपनाइएको छ ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार बैठक कक्षमा सिसाले बनेको ‘क्याबिन’को प्रबन्ध गरिएको हो । बैठक कक्षमा प्रधानमन्त्री ओलीले गर्ने भेटका क्रममा प्रधानमन्त्री सिसाको क्याबिनभित्र बस्ने व्यवस्था मिलाइएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

‘मिर्गौला प्रत्यारोणपछि भेटघाटका क्रममा डाक्टरहरुकै सल्लाहमा संक्रमण हुन नदिन यस्तो पूर्वाधार बनाइएको थियो,’ थापाले भने, ‘यसअघि महामारी दर बढ्दा पनि प्रधानमन्त्रीज्यूको बैठक कक्षमा यो प्रयोग भएको थियो ।’
हामारी कम भएको बेला झिकिएको सिसाको क्याबिन पछिल्ला दिनमा फेरि राखिएको हो । संक्रमणको जोखिम कम होस् भनेर स्वास्थ्य सतर्कताका लागि यसो गरिएको उनले बताए ।

‘पहिले त मन्त्रिपरिषद् बैठक नै यही कक्षमा बस्थ्यो, सामाजिक दूरी पालना गर्नुपर्ने भएपनि ठूलो हलमा हुन थालेको छ,’ थापाले भने, ‘अहिले पनि १२–१३ जनासम्मको बैठक बस्न यो कक्षको प्रयोग हुन्छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार