२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ माधव सहितकाे सरकार बनाउने कांग्रेसकाे निर्णय

माधव सहितकाे सरकार बनाउने कांग्रेसकाे निर्णय

संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने निर्णय गरेको छ ।

मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

बैठकपछि महतले भने, ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहान्छौं । माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस हुन्छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार