२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ ‘ओली नै ठीक छन्, हामी अर्को सरकार बनाउने पक्षमा छैनौं’ : महन्थ ठाकुर

‘ओली नै ठीक छन्, हामी अर्को सरकार बनाउने पक्षमा छैनौं’ : महन्थ ठाकुर

जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणमा संलग्न नहुने बताएका छन् । सोमबार संसदमा विश्वासको मतमा पराजित भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएका छन् ।

यसैले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९२० अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै राति आह्वान गरिसकेकी छन् । दुई वा दुईभन्दा बढी दल मिलेर अब यही वैशाख ३० गतेभित्र बहुमत पुर्‍याई नयाँ सरकार गठन गर्नुपर्नेछ ।

यसका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा ९भट्टराई–यादव पक्ष० ले तयारी गरिरहेका बेला जसपाकै अध्यक्ष ठाकुरले भने सोमबार मध्यराति विज्ञप्ति जारी त्यसको विरोध गरेका हुन् ।

सोमबार दिउँसो संसदमा पनि जसपाकै डा। बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए ।

जसपामा भट्टराई–यादव ओलीको तीव्र विरोधमा छन् भने ठाकुर समर्थनमा छन् । जारी विज्ञप्तिमा पनि ठाकुरले पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने जिकिर गरेका छन् ।

आफ्ना पार्टीले उठाएका मुद्दा बारे उनीसँग भएका वार्ता सकारात्मक तथा कार्य(प्रगति समेत भइरहेकाले आफू अर्को सरकारका पक्षमा नरहेको ठाकुरले उल्लेख गरेका छन् ।

ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो, मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ ।’

नयाँ सरकार नबनुन्जेल ओलीलाई नै कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्न राष्ट्रपतिले भनिसकेकी छन् भने नयाँ प्रक्रियामार्फत उनलाई पुनः प्रधानमन्त्री बन्ने बाटो पनि खुलै छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार