गृहपृष्ठ कर्णाली प्रदेशमा मन्त्रिपरिषद हेरफेर : तीन जना थपिने, दुई मन्त्रीले राजीनामा दिने
कर्णाली प्रदेशमा मन्त्रिपरिषद हेरफेर : तीन जना थपिने, दुई मन्त्रीले राजीनामा दिने
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गरेका छन् । उनीहरुले बुधबार नै मन्त्रीका रुपमा सपथ लिने स्रोतको भनाइ छ ।





