गृहपृष्ठ अलमलमा नपरेर विद्रोह गरौं : रामकुमारी झाँक्री
अलमलमा नपरेर विद्रोह गरौं : रामकुमारी झाँक्री
नेकपा एमालेभित्र माधवकुमार नेपाल पक्षीय सांसद रामकुमारी झाँक्रीले लिखित सहमति विना अलमलमा नपरेर विद्रोह गर्नुपर्नेमा खबरदारी गरेकी छन् । अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच सहमतिका लागि छलफल भइरहेका बेला सांसद झाँक्रीले अलमलमा पर्न नहुने बताएकी छन् ।
सांसद झाँक्रीले ट्विटरमा लेखेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभूको इशारमा यो सबै हुँदैछ । जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको बिसर्जन गर्छ । सचेत बनौं ।’






