२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ प्रचण्डतिर लाग्दा पार्टीभित्रै एक्लिए उपेन्द्र, महतो संसदीय दलको नेता

प्रचण्डतिर लाग्दा पार्टीभित्रै एक्लिए उपेन्द्र, महतो संसदीय दलको नेता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको मिसनतिर लाग्दा जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले ठूलो क्षती बेहोर्नु परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर कम्फर्टेवल सरकार निर्माण गर्ने भन्दै प्रचण्डतिर बिलय हुन थालेपछि जसपाका बहुमत सांसद उपेन्द्रको बिपक्षमा खडा भई उहाँलाई ठूलो क्षती पुगेको हो । सरकार गठनमा दुई कित्तामा बिभाजित भएपछि अध्यक्ष महन्थ ठाकुरसहितका जसपाका बहुमत सांसदहरुले बरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलका नेता चयन गरेका छन ।

सांसद उमाशंकर अगरियाका अनुसार बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरिएको हो । ‘२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं, पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं,’ अगरियाले भन्नुभयो । महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई नेता छानिएको हो । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादवको समुहलाई बाइपास गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार