गृहपृष्ठ मन्त्रिपरिषद् बैठक बस्दै, बजेटको विषयमा छलफल हुने
मन्त्रिपरिषद् बैठक बस्दै, बजेटको विषयमा छलफल हुने
मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो २ बजे बोलाइएको एमाले स्थायी समिति बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। बिहीबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल हुने एजेण्डा रहेको ती मन्त्रीले जानकारी दिए । संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति ९जेठ १५० आउन अब ९ दिन बाँकी छ । तर सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन । प्रतिनिधि सभा नियमावलीमा बजेट पेस हुनुभन्दा १५ दिन अघि नै प्रि(बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार वैशाख मसान्तमै प्रि(बजेट छलफल सकिनुपर्थ्यो । तर सो समयमा संसद अधिवेशन नै आह्वान गरिएन ।
यो पनि
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा मोनाकोलाई २-० गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो । पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले एक एक गोल गरे ।
स्टेड डे फ्रान्स स्टेडियममा इकार्डीले १९ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।
यससँगै पीएसजी १४ औं पटक फ्रेन्च कपको उपाधि जित्न सफल भएको छ ।
मोनाको को भने छैटौं पटका उपाधि जित्ने सपना अधुरो बनेको छ ।





