२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ अन्तत: फुट्यो एमाले ! माधव नेपाल पक्षका नेताले दिए निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन

अन्तत: फुट्यो एमाले ! माधव नेपाल पक्षका नेताले दिए निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन

अन्तत लामो समय देखि विवादमा रहेको नेकपा एमाले विधिवत फुट तर्फ गएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपाल पक्षको विवाद चर्किरहेकै बेला माधव पक्षका एक नेताले नयाँ दल दर्ताको निवेदन निर्वाचन आयोगमा दर्ता गराएका छन् । नेता माधव नेपालले पनि अब एमाले एकता सम्भव नभएको र नयाँ दल खोल्न लागेको बताएका थिए ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा ९एकीकृत० नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन्। उनी अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कमल राखिएको छ। माधव पक्षका एक नेताले दल दर्ताको निवेदन दिनुलाई नेकपा एमाले अब विधिवत फुट तर्फ लागेको भन्न सकिन्छ । राई काठमाडौं स्थित पशुपति क्याम्पसका पूर्व विद्यार्थी नेता हुन्।

संखुवासभा घर भएका राईले शुक्रबार दल दर्ताका लागि आयोगमा निवेदन दिएको कुरा स्वीकार गरेका छन् । उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महा -सचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष बनेका छन् । कार्यसमिति २५ सदस्यीय छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार