२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ ‘मेरै नेतृत्वमा सबै दल सम्मिलित चुनावी सरकार बनाऔँ भन्दै प्रधानमन्त्रीको यस्तो अपिल’

‘मेरै नेतृत्वमा सबै दल सम्मिलित चुनावी सरकार बनाऔँ भन्दै प्रधानमन्त्रीको यस्तो अपिल’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउने र यही सरकारमा सबै राजनीतिक दल सहभागी हुन प्रस्ताव गरेका हुन् । ताजा जनादेशमा जाने कुरा प्रतिगमन नभएको भन्दै उनले एक पटक फेरि ताजा जनादेश लिएर सरकार सञ्चालन गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गतेका लागि मध्यावधि चुनाव तोक्नुभएको छ । यस विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । यस बारेको बहस संवैधानिक इजलासमार्फत सुरु भएको छ ।

यो पनि

बलिउड अभिनेता संजय दत्तले पाए युएईको गोल्डन भिषा, के हो यो गोल्डन भिषा ?

बलिउड अभिनेता संजयदत्त युएईको गोल्डेन भिषा प्राप्त गरेका छन् । जसको जानकारी अभिनेता दत्तले सामाजिक संजालबाट शेयर गरेका हुन्। भिषा प्राप्त गरेको खुसी शेयर गर्दै संजयले युएई सरकारलाई धन्यवाद पनि दिएका छन् । गोल्डेन भिषा लामो समय बस्न दिइने अनुमति हो । जसको सुरुवात २०१९ मा दुवईको प्रसासकले गरेका थिए ।

जसको जारी २०२० बाट सुरु गरिएको हो । १० वर्ष अवधि रहने यसको मुख्य उद्देश्य प्रतिभाशाली व्यक्तिलाई गल्फ राष्ट्रमा राख्नु रहेको छ । यो भिषा विशेष गरेर पीएचडी होल्डर, डाक्टर, इन्जिनियर्स लगायतलाई दिने गरिन्छ ।

बलिउड फिल्म उद्योगबाट यो भिषा प्राप्त गर्ने अभिनेता दत्त पहिलो ब्यक्ति हुन् । एजेन्सीको अनुसार संजय युएईको गोल्डेन भिजा पाउने बलिउडका पहिलो व्यक्ति हुन् । गोल्डेन भिजा पाएपछि उनले युएईका अधिकारीहरुलाई धन्यवाद दिएका छन् । संजयलले आफ्नो युएईको राहदानी सहितको एउटा फोटो र अर्को मेजर जनरल मोहम्मद अल मारीको साथमा भएको तस्वीर शेयर गरेका छन।

पछिल्लो पटक संजय दत्त फिल्म ’पानी पत’ मा देखा परेका थिए । अब उनी चाँडै केजीएफः च्याप्टर २, शमेरेशा, भुजः द प्राइड अफ इन्डिया र पृथ्वीराजमा देखा पर्दैछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार