गृहपृष्ठ कोरोनाको बेलामा कर्मचारीलाई विपक्षी दलले सरकारको काम नगर भन्न मिल्छ ?
कोरोनाको बेलामा कर्मचारीलाई विपक्षी दलले सरकारको काम नगर भन्न मिल्छ ?
विपक्षी दलहरुले महामारीका समयमा सरकारलाई सहयोग पुग्ने काम नगर्न आग्रह गरेपछि त्यसको विरोध भएको छ । एमाले नेता विष्णु रिजालले कर्मचारीसँग विपक्षी गठबन्धनले सरकारलाई सहयोग नगर भनेर अपिल गर्नु आपत्तिजनक भएको टिप्पणी गरेका छन्। विपक्षी गठबन्धनका पाँच शीर्ष नेताले विज्ञप्ति प्रकाशित गरेर सरकारी कर्मचारीलाई सहयोग नगर्न अपिल गरेका थिए ।
नेता रिजालले सोमबार फेसबुकमार्फत प्रधानमन्त्री भएर देश चलाइसकेका नेताहरुले महामारीका बेला कर्मचारीसँग सरकारलाई सहयोग नगरु भनेर अपिल गर्नु आपत्तिजनक भएको टिप्पणी गरेका हुन् ।
‘विपक्षी गठबन्धनले सरकार बनाएछ भने कर्मचारीतन्त्रसहित सिंगो राज्य संयन्त्र त्यही सरकारको मातहतमा आइहाल्छ।’नेता रिजालले भनेका छन्,‘प्रधानमन्त्री भएर देश चलाइसकेका र फेरि तीब्र प्रयास गरिरहेका नेताहरुले महामारीका बेला कर्मचारीसँग ‘सरकारलाई सहयोग नगर’ भनेर अपिल गर्नु आपत्तिजनक छ ।
उनले फेसवुकमा लखेका छन्, विपक्षी गठबन्धनले सरकार बनाएछ भने कर्मचारीतन्त्रसहित सिंगो राज्य संयन्त्र त्यही सरकारको मातहतमा आइहाल्छ । प्रधानमन्त्री भएर देश चलाइसकेका र फेरि तीब्र प्रयास गरिरहेका नेताहरुले महामारीका बेला कर्मचारीसँग ुसरकारलाई सहयोग नगरु भनेर अपिल गर्नु आपत्तिजनक छ । सन् ७० को दशकमा भारतमा जयप्रकाश नारायणले यस्तै गैरजिम्मेवार आह्वान गर्दा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाउने वातावरण बनेको इतिहास हाम्रो नजिकै छ ।
राजनीतिक प्रक्रिया आफ्नो ठाउँमा छ, राजनीतिज्ञहरुले राजनीतिमाथिको नियन्त्रण गुमाएपछि मुद्दा अदालतमा विचाराधीन छ । जे निर्णय हुन्छ, मान्नु छँदैछ । तर, राज्य महामारीसँग जुधिरहेका बेला सबै मिलेर सहयोग गर्नुपर्नेमा यस्तो आह्वान गर्नुले राम्रो संकेत गरेको छैन । देश चलाइसकेका नेताहरुले राज्य र सरकारबीचको फरक छुट्याउन नसक्नुलाई विडम्बना मान्नुपर्छ ।





