गृहपृष्ठ पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्ने एमालेको निर्णय
पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्ने एमालेको निर्णय
नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मङ्गलवार ९आज० प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको पार्टी प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
यसअघि एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो भने अरू १२ जना नेतालाई स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण सोधिएका १२ जना नेताले जवाफ नदिएपछि उनीहरूमाथि थप कारबाही गर्ने तयारी भइरहँदा हिजो बेलुकी दुवै पक्षका दोस्रो तहका नेताबीच एकताका लागि थप पहल गर्ने समझदारी बनेको थियो ।
त्यही समझदारीअनुसार १२ जना नेतामाथिको कारबाही तत्काललाई रोकिएको छ ।






