गृहपृष्ठ राजेन्द्र महताेकाे नेतृत्वमा १० मन्त्रालयसहित सरकारमा जाँदै जसपा, हेर्नुहोस् सुचि
राजेन्द्र महताेकाे नेतृत्वमा १० मन्त्रालयसहित सरकारमा जाँदै जसपा, हेर्नुहोस् सुचि
जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्ष आजै सरकारमा सहभागी हुने भएको छ । ठाकुर पक्ष सरकारमा सहभागी हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझसम्म मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गरेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।
राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्रालयसहित ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जसपाका एक नेताले पुष्टि गरे । उनका अनुसार महतो उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री बन्ने छन् । ती नेताले आजै साँझ दुई राज्यमन्त्रीसहित १० जनाले सपथ लिने तयारी रहेको जानकारी दिए ।
महतोको नेतृत्वमा जसपाबाट शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, उमाशंकर अरगरिया, चन्दा चौधरी र विमलप्रसाद श्रीवास्तव मन्त्री बन्ने पक्कापक्की भएको छ । त्यस्तै, दुई राज्यमन्त्रीमा भने रेनुका गुरुङ र राजकुमार चौधरीको नाम चर्चामा छ ।





