गृहपृष्ठ मुख्यमन्त्री त्रिलोचन भट्टले प्राप्त गरे विश्वासको मत
मुख्यमन्त्री त्रिलोचन भट्टले प्राप्त गरे विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले ३० सांसदको समर्थन पाएका थिए ।
मुख्यमन्त्री भट्टको सरकारको पक्षमा ३० सांसदले मत दिएसँगै उनले विश्वासको मत प्राप्त गरेको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका छन् ।
भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमाले माधव समूहका १७ जनाले मत हालेका छन् ।
कुल ५२ सदस्य रहेको प्रदेश सभामा ओली समूहका ७ जना, जसपाका २ जना काँग्रेसका १२ जना सांसदले मत हालेनन् ।
यो पनि पढ्नुहोस
मध्यरात राष्ट्रपति र ओलीबिच भेट, माधवलाई प्रधानमन्त्री बनाउने तयारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव गरेकी छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरूबीच डेढ घण्टा छलफल भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच ८ः२० बजेदेखि ९:५० बजेसम्म भेटवार्ता भएको थियो । भेटवार्ताको विषयबारे भने जानकारी दिइएको छैन ।
प्रधामन्त्री भेटवार्ता सकेर बालुवाटार फर्किएका छन् । आफुलाई भेट्न सितल निवास आएका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रपति भण्डारीले यस्तो प्रस्ताव राखेकी हुन् ।
एमाले एकता बचाएर लैजानुपर्नेमा राष्ट्रपतिको जोड रहेको दाबी गर्दै स्रोत भन्छ, ‘माधव नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।’
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच सोमबार राती भएको भेटमा यस्तो प्रस्ताव राखिएको हो ।












