२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ टाउकोको ओखती नाइटा लगाएर हुन्न : डा. बाबुराम भट्टराई

टाउकोको ओखती नाइटा लगाएर हुन्न : डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति भएको बताएका छन् ।

उनले ट्वीट गर्दै मुलुकको संकटको प्रमुख कारण राजनीति, दल र नेतृत्वमा आएको स्कलनलाई औँलाउँदै तत्काल सुध्रन पर्ने खाँचो ‍औल्याएका छन् ।

आइतबार बिहान ट्वीट गर्दै भट्टराइले भनेका छन्, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ उनले थपेका छन्, ‘कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनुस समाजवादी ‘समाजवादी’ नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ  बनाउने आँट गरौं  ।  नत्र समयले कसैलाई पर्खन्न है ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार