२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाको दाबी, को को छन् आकांक्षी ? हेर्नुहोस

नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाको दाबी, को को छन् आकांक्षी ? हेर्नुहोस

नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन् । सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ । कृष्णप्रसाद सिटौला समेत सभापतिको चर्चामा छन् ।

शुक्रबार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लागि दाबी गरेका छन् । स्वयं पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला, सुजता कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महतले दाबी गरेका छन् ।

यस्तै युवा नेता कल्याण गुरुङले पनि आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन् । पौडेलले आफू एक पटक मात्रै चुनाव लड्ने भन्दै सहयोगका लागि आग्रह गरेका छन् । अब देउवा र पौडेलबाट नचल्ने भएकाले आफूलाई उम्मेदवार बनाउन अन्य नेताले आग्रह गरेका छन् ।

डा. शेखर कोइरालाले विगत लामो समयदेखि सभापतिका लागि भन्दै अभियान नै सञ्चालन गरिरहेका छन् । आगामी १४ औं महाधिवेशनमा आफ्नो समूह एक भएर जानुपर्ने विषयमा पौडेल पक्षको भेलामा छलफल भएको थियो ।

आफ्नो समूह एक भएर चुनाव लड्नुपर्छ भन्ने विषयमा छलफल भएको नेता गुरुङले बताए । उनले भने, ‘तर निचोडमा पुगेको छैन, छलफल जारी छ ।’ उनले जनचाहना अनुसार नै युवा नेतृत्व गरेर आफू चुनावमा जाने बताए ।

आगामी महाधिवेशनमा ५० प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आउने भएकाले आफूलाई जित्न सजिलो हुने उनको दाबी छ । ‘५० प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ आउँछन्, पुराना राजनीतिक नियुक्ति लगायतका विषयमा भएको काखापाखाले नेतृत्वसँग रुष्ट छन्,’ उनले भने ।

पौडेल पक्षको भेलामा क्रियाशील सदस्यताको छानबिनको कस्तो मापदण्ड बनाउने भन्ने विषयमा छलफल भएको युवा नेता गुरुङले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार