२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि यसो भन्छिन् झाँक्री

प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि यसो भन्छिन् झाँक्री

नेकपा एमालेकी नेत्री तथा सांसद रामकुमारी झाँक्रीले प्रतिनिधिसभा पुनःस्थापना गरेर सर्वाेच्च अदालतले न्यायपालिकाको गरिमा बढाएको प्रतिक्रिया दिएकी छन् ।

सर्वाेच्च अदालतले संसद पुनःस्थापना गर्दै रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेत्री झाँक्रीले बधाई दिएकी छन् ।

‘जब राजनीतिक नेतृत्वले विवेक गुमाउँछ, अहंकार र दम्भबाट ग्रसित हुन्छ । जनताको सार्वभौम सत्ता, कानून र विधि आफूमा निहित रहेको राज्य ठान्छ नि ! राजनीतिका सबै मामिलाः लोकतन्त्र, संविधान र संसदसहित दलको आन्तरिक व्यवस्था विधान, विधि र निर्णयहरूमा अदालत प्रवेश मात्र गर्दैन, परीक्षण गर्न जानुपर्ने अवस्था आउने रहेछ । त्यसैले राजनीति नेतृत्व कस्तो हुने भन्ने निर्णय गर्नु धेरै ठूलो कुरा रहेछ । न्यायपालिकाले आफ्नो गरिमा बढाएको छ । संवैधानिक इजलासका माननीय न्यायमूर्तिहरू, स्वस्थ बहस र पैरवी गर्ने विद्वान वरिष्ठ अधिवक्ता र अधिवक्ता मित्रहरू यो प्रक्रियाको राजनीतिक नेतृत्व, मिडिया र नागरिक समाज सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । लोकतन्त्रको पक्षधर नेपाली जनता र माननीय सांसदज्यूहरूलाई हार्दिक बधाई !’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार