२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ कार्यकर्ताको जुलुस सहित आज बालुवाटार छाड्दै ओली

कार्यकर्ताको जुलुस सहित आज बालुवाटार छाड्दै ओली

निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले आज बिहान ११ बजे बालुवाटार छाड्न लागेका हुन् । उनी आजदेखि निजी निवास बालकोटमा बस्नेछन् ।

ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकाल्ने एमाले कार्यकर्ताको तयारी छ । त्यसका लागि एमाले नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार