२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ माधव नेपाललाई एमालेमा स्वीकार्ने कुनै ठाउँ नै बाँकी रहेन :अध्यक्ष केपी शर्मा ओली

माधव नेपाललाई एमालेमा स्वीकार्ने कुनै ठाउँ नै बाँकी रहेन :अध्यक्ष केपी शर्मा ओली

हिजोमात्र प्रधानमन्त्री पदबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट बालकोट पुगेर सर्वोच्च अदालतप्रति रोष प्रकट गरेका छन् ।

उनले नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको चेतावनी पनि दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आज निजी निवास बालकोट पुगेका ओलीले माधव नेपालले पार्टीभित्र आत्मालोचना गर्ने कुनै ठाउँ नै नराखेको बताए ।

निजी निवासमा ओलीलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई एमालेमा स्वीकार्ने कुनै ठाउँ नै बाँकी नरहेको बताए ।

उनले भने, ‘हाम्रो साथीहरू विकाउ माल बने, बिरोधीलाई अदालतबाट सत्ता बुझाए, ती विकाउ मालको अवस्था भविश्यले निर्धारण गर्ला । अरु साथीहरूको हकमा पार्टीमा सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन ।’

ओलीले अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहिँ नभएको जात्रा नेपालको अदालतमा भएको टिप्पणी गरे । उनले भने, ‘अदालतले प्रधानमन्त्री तोक्ने विश्वमा कहिँ नभएको जात्रा हाम्रो अदालतमा !’

उनले अदालतको फैसलाले नेपाली जनताको जनादेशको अपमान भएको पनि बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार