गृहपृष्ठ प्रधानमन्त्री कार्यालयमा राखिएको राष्ट्रपतिको फोटोमा किन भयो यस्तो ?
प्रधानमन्त्री कार्यालयमा राखिएको राष्ट्रपतिको फोटोमा किन भयो यस्तो ?
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राखिएको राष्ट्रपति विद्यादेवी भण्डारीको फोटोमा मुहार चिन्न नसकिने गरी पोतिएको पाइएको छ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद कार्यालयको कक्षमा रहेको राष्ट्रपति भण्डारीको फोटोमा मुहार नचिन्ने गरी पोतिएको पाइएको हो ।
सरकारी समाचार संस्था राससका फोटो पत्रकार रोशन सापकोटाले खिचेको तस्वीरमार्फत मन्त्रिपरिषद कक्षमा राखिएको राष्ट्रपति भण्डारीको फोटोमा सेतो रङ वा सेतो वस्तुले पोतिएको घटना बाहिर आएको हो ।
‘सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा सहभागी हुँदै मन्त्रीहरु’ भन्दै राससले प्रकाशन गरेको तस्वीरमा राष्ट्रपतिको मुहारमा पोतिएको स्पष्ट देखिएको छ ।
राष्ट्रपतिको फोटो पोतिएको घटनालाई लिएर समाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आलोचना शुरू भएको छ ।





