२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ पुष्पकमल दाहाल र उपेन्द्र यादवको एमाले नेता नेपालसंग छुट्टाछुट्टै भेटवार्ता,के भयो कुराकानी ?

पुष्पकमल दाहाल र उपेन्द्र यादवको एमाले नेता नेपालसंग छुट्टाछुट्टै भेटवार्ता,के भयो कुराकानी ?

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

बिहान कोटेश्वरस्थित नेपाल निवासमा दाहालले उनीसँग ४५ मिनेट जति कुराकानी गरेका हुन् । भेटमा दाहालले सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेको बुझिएको छ ।

दाहाललाई ९ बजेतिर नेपाल निवासबाट बाहिरिएपछि जसपा अध्यक्ष यादब पुगेका थिए । यादवसँग के कुराकानी भयो भन्ने केही खुलाइएको छैन ।

यद्यपि ओली सरकार ढाल्न एकजुट भएका सबै सरकारमा सहभागी भएर जनतामा सकारात्मक सन्देश दिनपर्ने भन्दै उनीहरुले नेपाललाई आग्रह गर्दै आएको जनाइएको छ । तर नेपाल पक्षका कतिपय नेताहरु एमालेमै रहेर संस्थागत निर्णय बिना सरकारमा जान नहुने पक्षमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार