२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ प्रचण्डनिवासबाट झलनाथलाई देउवाको फोन- उपचार खर्च सरकारले व्यहोर्ने

प्रचण्डनिवासबाट झलनाथलाई देउवाको फोन- उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाटै दिल्लीमा उपचाररत नेता खनाललाई टेलिफोन गरी प्रधानमन्त्री देउवाले उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न खुमलटार पुगेका थिए । सोही क्रममा पूर्व प्रधानमन्त्री खनालसंग टेलिफोन संवाद गरी देउवाले स्वास्थ्य लाभको कामना समेत गरेका हुन् ।

मृगौला सम्बन्धी समस्या देखिएपछि खनाल नयाँदिल्लीमा उपचाररत रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार