गृहपृष्ठ नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन मिति तोकियो
नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन मिति तोकियो
काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ ।
शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो । केन्द्रीय समिति बैठकको निर्णय अनुसार नेपाली काङ्ग्रेसको अधिबेशन र महाधिवेशन निम्नानुसार हुने गरि कांग्रेसले निर्णय गरेको छ।
नेपाली काङ्ग्रेसको अधिबेशन/ महाधिवेशन निम्नानुसार हुने गरि निर्णय गरेको छ :-
१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिबेशन : २०७८/५ / १८
४. गाउँ/नगर पालिका: २०७८/ २७
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१
६. संघिय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला : २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय : २०७८/८/ ९-१३
भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ ।





