२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ नेपालको साथ छोडेका नेतासहितको एमाले स्थायी कमिटी बैठक आज

नेपालको साथ छोडेका नेतासहितको एमाले स्थायी कमिटी बैठक आज

काठमाडौँ,८ भाद्र माधव कुमार नेपालको साथ छोडेका नेतासहितको एमाले स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने बैठकमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको योजना पेस हुनेछ ।

१० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्न उपाध्यक्ष भीम रावल, महासिचव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ ।

असार २७ मा कार्यदलले तयार पारेको १० बुँदे सहमितलाई एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीले यसअघि नै अनुमोदन गरिसकेको छ ।

माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएर अघि बढेपछि उनलाई दोस्रो तहका नेताहरुले साथ दिएका छैनन् । उनलाई साथ नदिएका ९ स्थायी कमिटी सदस्य, केही सांसद र केन्द्रीय सदस्यसहित ५७ जना मध्यमार्गी धारमा रहेको बताइन्छ ।

सोमबार अध्यक्ष ओलीसँग बालकोटमा भएको करिव ३ घण्टाको वार्तापछि दोस्रो तहका नेताहरुले नेपाललाई साथ दिन नसिकने र १० बुँदे कार्यान्वयन गर्न ओलीलाई आग्रह गरेका थिए ।

ओलीले उक्त आग्रह स्वीकार गर्दै आजै स्थायी कमिटीबाट एकताको आह्वान गर्न अपील जारी गर्ने तयारी पनि भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार