गृहपृष्ठ बागमती प्रदेश मुख्यमन्त्री शाक्यद्वारा मन्त्रिपरिषद् विस्तार,गरिन ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त
बागमती प्रदेश मुख्यमन्त्री शाक्यद्वारा मन्त्रिपरिषद् विस्तार,गरिन ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधबार (आज) मुख्यमन्त्री शाक्यले ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
नवगठित मन्त्रिपरिषदमा अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् । त्यस्तै, केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्, भने रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छन् ।
त्यस्तै विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । त्यस्तै, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रदीपकुमार कटुवाल क्षेत्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी चन्द्र लामालाई दिइएको छ ।
यसैबीच जुनेली श्रेष्ठ, बद्री मैनाली, जीवन खड्का र सरस्वती बाटीलाई राज्यमन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त ७ मन्त्री र ४ जना राज्यमन्त्रीले बुधबारै सपथ लिएका छन् । आज नियुक्त भएका ७ मन्त्री र ४ जना राज्यमन्त्रीसँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ । @news24





