२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ नेकपा एमाले तिलोत्तमा नगर कमिटि अध्यक्षमा पाण्डे चयन

नेकपा एमाले तिलोत्तमा नगर कमिटि अध्यक्षमा पाण्डे चयन

तिलोत्तमा। लामो छलफल पश्चात नेकपा एमाले तिलोत्तमा नगर कमिटिको अध्यक्षमा तामानाथ पाण्डे चयन भएका छन् । हिजोदेखि सुरु भएको अधिवेशनमा नेतृत्वका आंक्षिहरु धेरै भएपछि हिजो र आज विहानैदेखि आन्तरिक छलफलमा रहेको एमालेले सहमतिमै नेतृत्व टुङ्ग्याउन सफल भएको हो ।

उपाध्यक्षमा नेत्र वन, सचिवमा मिन प्रसाद पोखरेल तथा दुईवटा उपसचिव पदमा गणेश उपाध्याय र संगीता गुरुङ चयन भएको एमाले रुपन्देहीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । यस सँगै रुपन्देहीका १३ वटा पालिकाहरुमा नेतृत्वको टुङ्गो लागेको छ । नेतृत्व टुङ्गीएको बुटवल उपमहानगरपालिकामा भने सचिव र दुई उपसचिव पदमा अझै टुङ्गो लाग्न सकेको छैन ।

नेतृत्वका लागि सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका र सियारी गाउँपालिकामा छलफल जारी रहेको एमालेले जनाएको छ । जिल्लाका सैनामैना र लुम्बिनी साँस्कृतिक नगरपालिकासहित कञ्चन गाउँपालिका, सुद्धोधन गाउँपालिका, मायादेवि, ओमसतिया, रोहिणी, सम्मरीमाई, कोटहीमाई, मर्चवारी र गैडहवा गाउँपालिकामा हिजो (मँगलबार) नै सर्वसहमतिमा नेतृत्व चयन भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार