२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ नेकपा एमाले अध्यक्ष ओलीद्वारा १२ औँ राष्ट्रिय जनगणनाको पूर्ण सफलताको कामना

नेकपा एमाले अध्यक्ष ओलीद्वारा १२ औँ राष्ट्रिय जनगणनाको पूर्ण सफलताको कामना

काठमाडौँ,२५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एक सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने बताएका छन् ।

साथै उनले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वानसमेत गरेका छन् ।

उनले घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन भने आग्रह गरेका छन्।

१२ औँ राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार