गृहपृष्ठ नेतृ शर्मा गण्डकी प्रदेशको कान्छी उम्मेदवार
नेतृ शर्मा गण्डकी प्रदेशको कान्छी उम्मेदवार
स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं महाधिवेशनको लागि अन्जली शर्मा सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार बनेकी छन् । स्याङ्जा जिल्ला क्षेत्र नं १ की शर्मा विधार्थी जीवन देखी नै संगठित हुदै पार्टी र पार्टीको विभिन्न जनवर्गिय संगठनमा सक्रिय भूमिका निभाउदै आएकी छन् ।
हाल खेलकूद महासंघको केन्द्रीय सदस्य तथा अनेम सघं स्याङ्जा जिल्लामा रहेकी अन्जली शर्मा २०६२ र ६३ आन्दोलन कि घाइते समेत हुन् । पार्टीको एक जिम्मेवार संगठित सदस्य रहेकोले नै आफुलाई २९ वर्ष को उमेरमा यो अवसर मिलेको उनले बताइन् । आईटिमा स्नातकोत्तर गरेकी शर्मा पार्टीको मुल मर्मलाइ आत्मसाथ गर्दै युवाहरुलाई नेतृत्व गर्दै अगाडी बढ्न प्रेरणा समेत मिलेको बताइन् ।
यदि कसैले तपाईलाई अरु व्यक्तिलाइ अगाडी बढाउनु पर्यो हजुरले छोड्नुपर्यो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले भनिन् यो लोकतन्त्र हो मतदानमा आउनुहोस हजुरले जित्नुहोस जानुहोस । बधाई दिन म १ नं मा आउनेछु भनेर जवाफ दिनेछु उनले भनिन् ।





