२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ नेकपा एमाले १० औँ महाधिवेशनकाे लाेगाे सार्वजनिक,यस्तो रहेको छ लोगो ?

नेकपा एमाले १० औँ महाधिवेशनकाे लाेगाे सार्वजनिक,यस्तो रहेको छ लोगो ?

नेकपा एमालेले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशनको लोगोमा गैँडाले पार्टीको झन्डा बोकेको देख्न सकिन्छ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले त्यो लोगो सार्वजनिक गर्नुभएको हो ।

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ई–सेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तीमा पनि एक सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने प्रणालीबारे जानकारी गराउनुभएको थियो ।

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा एक हजार नौ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । त्यसका लागि भोलि देशभर प्रतिनिधि चयन हुँदैछ ।

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने महाधिवेशनको नारा रहेको छ । स्रोत उज्ज्यालो अनलाईन

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार