गृहपृष्ठ एमाले महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी सहभागी
एमाले महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी सहभागी
लमजुङ,१० मंसिर। चितवनमा शुक्रबारदेखि सुरू हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने भएका छन् ।
लमजुङका चार नगरपालिका र चार गाउँपालिकाबाट चार हजार २०० जना सहभागी हुने नेकपा एमाले लमजुङले जनाएको छ । एमालेका सचिव कृष्णप्रसाद अधिकारीका अनुसार चार नगरपालिकाबाट दुई हजार ८०० जना र चार गाउँपालिकाबाट एक हजार ४०० जना सहभागी हुनेछन् ।
बेसीसहर नगरपालिबाबाट ८०० जना, सुन्दरबजार नगरपालिकाबाट ८०० जना, मध्यनेपाल नगरपालिकाबाट ६०० जना, राइनास नगरपालिकाबाट ६०० जना सहभागी हुने अध्यक्ष दवाडीले बताए । गाउँपालिकातर्फ दोर्दी गाउँपालिकाबाट ६०० जना, मर्स्याङदी गाउँपालिकाबाट ६०० जना, दूधपोखरी गाउँपालिकाबाट १०० जना र क्व्होलासोंथर गाउँपालिकाबाट १०० जना सहभागी हुनेछन् ।
महाधिवेशनमा सहभागी हुने नेता कार्यकर्ता बोकेर करिब ८० वटा सवारी साधन चितवन पुग्नेछन् । निजी र सार्वजनिक सवारी साधन रिजर्भ गरेर साथै स्वत:स्फूर्त मोटरसाइकलहरू समेत लाने भएका छन् । केही नेता कार्यकर्ता बुधबार र बिहीबार नै चितवन पुगिसकेका छन् । केही शुक्रबार जाँदैछन् ।





