२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ एमालेको बन्दसत्र १० बजेबाट सुरु हुने

एमालेको बन्दसत्र १० बजेबाट सुरु हुने

काठमाडौं, ११ मंसिर। नेकपा एमालेको दशौ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बने बन्दसत्र सुरु हुने भएको छ ।

नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भोलि बिहान १० बजे बन्दसत्र उदघाटन हुने बताए ।

‘भोलि १० बजे बन्दसत्रको कारवाही सुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग भने ।

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् ।

बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार