गृहपृष्ठ अधिवेशन रोकेर विधि र पद्धति विपरीत निर्णय गर्नु गलत : भीम रावल
अधिवेशन रोकेर विधि र पद्धति विपरीत निर्णय गर्नु गलत : भीम रावल
चितवन,१२ मंसिर। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १०औं महाधिवेशन प्रक्रियामा नजानु आपत्तिजनक रहेको बताएका छन् ।
नेता रावलले केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक तथा पार्टीको हितविरुद्धमा रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, ‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ ।’
एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।

— Dr. Bhim Rawal (@BhimRawal179) November 28, 2021