२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ कांग्रेस १४औँ महाधिवेशन : आनन्द त्रिपाठीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

कांग्रेस १४औँ महाधिवेशन : आनन्द त्रिपाठीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नेपाली काँग्रेसका प्रभावशाली एवं युवा नेता आनन्द राज त्रिपाठीले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गण्डकी प्रदेशको तनहुँबाट महाधिवेशन प्रतिनिधि बनेका त्रिपाठीले खुला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेविसंघका पूर्व महामन्त्री समेत रहेका त्रिपाठीले काँग्रेसलाई सुदृढ बनाउनका लागि आफ्नो उम्मेदवारी भएको उनले बताएका छन् । ‘मैले देशभर पार्टीका साथीहरूसँग छलफल गरेको बताएका छन । पार्टीको आगामी बाटोबारे उहाँहरुको अपेक्षा बुझेको छु ।

काँग्रेसलाई नविन बाटोमा लैजान आफुसँग प्रष्ट भिजन रहेको ,” उनले बताए, ‘कार्यकर्ताको भावना र जनताको चाहना अनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्नसक्छु । सोही कारण म उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’ पार्टीमा उनी भद्र अनि शालीन नेताका रुपमा चिनिने त्रिपाठी कुशल संगठक पनि मानिन्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार