२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ प्रदेश १ सभापतिमा उद्वव थापा विजयी, घिमिरे दुई मतले हारे कति कति मत पाए हेर्नुहोस्

प्रदेश १ सभापतिमा उद्वव थापा विजयी, घिमिरे दुई मतले हारे कति कति मत पाए हेर्नुहोस्

विराटनगर, २० मंसिर। नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन् ।

सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त बुझाए ।  अन्य पदाधिकारीमा पनि संस्थापन पक्षकाे वर्चस्व छ ।

उपसभापतिमा रमेशजंग रायमाझी (८९०) र टंक प्रसाद राई (८४७)  मतसहित विजयी भएका छन् ।

त्यस्तै महामन्त्रीमा भुपेन्द्र राई (८२४) र रमेश थापा (८०३) मत ल्याएर निर्वाचित भएका छन् । सहमहामन्त्री महिलातर्फ प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भएकी छिन् ।

सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतसहित खड्ग फागो विजयी भएका छ्न् । उनले १ हजार २६ मत प्राप्त गरेका छ्न् । सहमहामन्त्रीमा विनोदकुमार बस्नेत पनि ७ सय ४७ मत प्राप्त गरी विजयी बने । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार