२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ देउवालाई मतदान गर्न झन्डै एक घन्टा लाग्यो

देउवालाई मतदान गर्न झन्डै एक घन्टा लाग्यो

काठमाडौं, २७ मंसिर।  प्रधानमन्त्री एक कांग्रेस सभापति शेरबहादुर देउवा मतदान गरेर निस्किएका छन् । उनी सोमबार मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गरेका थिए ।

मतपत्र लिएर बुथ भित्र छिरेका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर निस्केका थिए । उनलाई मत हाल्न पौने घन्टा लागेको थियो ।

नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ । प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार