२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपाली कांग्रेस १४औँ महाधिवेशनमा लौरोको सहारामा मतदान

नेपाली कांग्रेस १४औँ महाधिवेशनमा लौरोको सहारामा मतदान

काठमाडौं, २७ मंसिर। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ ।

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।

मतदानमा अपांगता भएका प्रतिनिधि पनि सहभागी भएका छन् । उनीहरू लामबद्ध नभई मतदानको व्यवस्था गरिएको अपांगता रहेका दैलेखबाट आएका प्रतिनिधि गणेश बोगटीले बताए ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाएर सरकार बनाउने र उक्त सरकारबाट देश निर्माण गर्ने नेतृत्व छान्नुपर्ने उनको भनाइ छ । आफूले पनि सोही विचार गरेर मतदान गरेको बताएका उनले मतदान गर्न ५० मिनेट लागेको जानकारी दिए ।

सुन्धराबाट ट्याक्सी चढेर मतदान गर्न आएका उनले मतदानमा कुनै गाह्रो र समस्या नपरेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार