२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ सर्वोत्कृष्ट संसद सेवा पुरस्कार पौडेललाई

सर्वोत्कृष्ट संसद सेवा पुरस्कार पौडेललाई

काठमाडौं, २८ मंसिर।  संघीय संसद सचिवालयका उपसचिव रामकुमार पौडेलले यस वर्षको सर्वोत्कृष्ट संसद सेवा पुरस्कार पाएका छन् ।

हरेक वर्ष २८ मंसिरमा मनाइने संघीय संसद सेवा दिवसका अवसरमा उपसचिव पौडेललाई सो पुरस्कारबाट पुरस्कृत भएका हुन् । उनले नगद एक लाख रुपैयाँ पनि प्राप्त गरेका छन् ।

यस्तै ७५ हजार नगदसहित उत्कृष्ट संसद सेवा पुरस्कारबाट शाखा अधिकृत दिपाकुमारी दुलाल र ५० हजार नगदसहित संसद सेवा पुरस्कारबाट सिनियर प्रेस टेक्निसियन राजेन्द्रप्रसाद लामिछाने र बैठके श्रीजन खनाल पुरस्कृत भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार